ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल कात्तिक महिनाको १४ गते बुधबार, कार्तिक कृष्णपक्षको त्रयोदशी तिथि । आजबाट शुभदीपावली अर्थात तिहार आरम्भ । आज कागतिहार रहेको छ । साथै आज धन्वन्तरी जयन्ती रहेको छ ।
मेष
माया प्रेममा असमझदारी उत्पन्न हुने छ । विगतका घटनाक्रमहरु प्रति आफ्नो मनमा पश्चातापका क्रम आउने छ । परिवारमा अशान्तिको वातावरण र झैझगडा हुने छ । पेशागत जीवन मध्यम खालको हुने छ भने आर्थिक सन्तुलन भने कायम हुन कठिन हुन जाने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।
वृष
रोकिएका काम सुल्झने छ भने आकस्मिक लाभ प्राप्त हुने छ । आँटेका कामहरु पुरा हुने वातावरण बन्दै जाने छ । पेशागत जीवनमा सफलता हात पर्ने छ । आर्थिक लाभ पनि प्राप्त हुन जाने छ । परिवारमा सदस्यहरु बीच भने तनावको वातावरण आउने छ । यात्रामा कठिनाई भोग्नु पर्ने देखिन्छ । शेयर बजारमा लाभ मिल्ने छ ।
मिथुन
आँट र भरोषामा कमि आउने छ । अरुले मनोबल कमजोर भएको व्यक्तिका रुपमा लिने छन् । पेशागत जीवन औसत खालको हुने छ । आर्थिक अवस्था पनि औसत रुपमा अघि बढ्ने छ । धार्मिक गतिबिधीमा संलग्न हुन मन लाग्ने छ । पारीवारिक भेटघाट हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।
कर्कट
भाग्यको साथ रहेकाले परिस्थितिमा सहजता आउने छ । मेहनत अनुसारको फल प्राप्त हुने छ । दाम्पत्य जीवनमा मधुरताका क्रम आउने छन् । सामाजिक काममा सहभागि हुने र समाजबाट पनि सम्मान प्राप्त हुने छ । पेशागत जीवन सकारात्मक रुपमा नै अघि बढ्ने छ । मित्रहरुको सहयोगले नयाँ काम थालनी गर्ने योग छ । शेयर बजारबाट लाभ मिल्ने छ ।
सिंह
विश्वास गरेका व्यक्तिबाट नै धोकाको चुनौति रहेकाले सतर्क रहनु होला । बोलीको प्रभावकारितमा कमि आउने छ, जसले गर्दा अरुले कम विश्वास गर्ने छन् । पेशागत जीवनमा अड्चनहरु उत्पन्न हुने र तनावको वातावरण आउने छ । पैतृक सम्पत्तिको विषयलाई लिएर परिवारमा तनाव आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।
कन्या
निरनतरको नराम्रा सपनाका कारण दिनमा पनि तनाव उत्पन्न हुने छ । मनमा उदासिनता धेरै आउने छ । पेशा प्रतिको दृढतामा थोरै कमि आउने छ । दाम्पत्य जीवनमा पनि तनावको अवस्था आउने भएकाले शान्त भावले रहने कोशिस गर्नु होला । यात्रामा निस्कनु पर्ने छ । शेयर बजारबाट आँशिक फाइदा मिल्ने छ ।
तुला
मनोबल उच्च भएको व्यक्तित्व हुने छ । आँटिलो खालको काममा हात हाल्न मन लाग्ने छ । अरुको नजरमा घमण्डि खालको व्यक्तित्व हुने भएकाले यस विषयमा सचेत रही नरम रहँदा राम्रो हुने छ । पेशागत क्षेत्रमा लाभ मिल्ने छ । आर्थिक फाइदा पनि मिल्ने छ । नउठेको रकम उठ्ने छ । शेयर बजारमा फाइदा मिल्ने छ ।
वृश्चिक
वैदेशिक यात्रामा जाने विषयमा सकारात्मक मोड आउने छ । पेशागत जीवनमा महत्वपूर्ण जिम्मेबारी सम्हाल्ने मौका मिल्ने छ । साथिभाइको सहयोगले नयाँ सम्भावनाका क्षेत्रमा हात हाल्ने अवसर मिल्ने छ र यो सकारात्मक पनि बन्ने छ । आर्थिक लाभ धेरै नभए पनि केही सकारात्मक अवस्था रहने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ ।
धनु
आफनाले नै विश्वासघात हुने चुनौति छ । पेशागत जीवनमा बढि बादबिबाद हुने र कारवाहीको चुनौति छ सचेत रहनु होला । जीवनसाथिका बीचमा पनि अनावश्यक बादबिबादपूर्ण वातावरण हुने छ । भाग्यको साथ नभएकाले कठिन समय रहेको छ । यात्रामा कठिनाई हुने छ । पेशागत जीवनमा तनावको अवस्था आउने छ । शेयर बजारबाट लाभ हुने छैन् ।
मकर
यात्रा गर्नुपर्ने हुन्छ । शैक्षिक क्षेत्रमा उन्नति हुने छ । बौद्धिकस्तरको व्यक्तित्वको छवि हुने छ । पेशागत जीवन औसत खालको रहने छ भने आर्थिक क्षेत्र पनि औसत नै हुने छ । प्रेममा सफलता हुने छ । रमाईलो खालको स्वाभावका कारण अरुको मन जित्न सकिने छ । सामाजिक छवि मजबुद हुने छ । शेयर बजारबाट फाइदा हुने छ ।
कुम्भ
उत्साह र उमङ्गको लहर मनमा रहने छ । बोलीको प्रभाव बृद्धि हुने हुँदा अरुले छिट्टै विश्वास गर्ने छन् । यात्रामा भने केही असहजता भोग्नु पर्ने छ । पेशागत जीवन औसत खालको रहने छ । नयाँ काम गर्ने अवसरका ढोका भने खुल्ने छन् । आर्थिक सन्तुलन भने कायम रहने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् ।
मीन
आशावादी सोच हुने छ । मेहनत गर्ने विषयमा लगाव बढ्ने छ तर परिणामहरु भने तत्काल देखिन ढिलाई हुने छ । पेशागत जीवन मध्यम खालको बन्ने छ । आर्थिक अवस्था पनि मध्यम अवस्थाबाट नै अघि बढ्ने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ । मुद्दा मामिला तथा अड्डा अदालत धाउनु पर्ने चुनौति रहेको छ ।
(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)