त्रिभुवन विमानस्थलमा आज बेलुकी विमान दुर्घटना हुँदै !

Advertisement

काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार बेलुकी एक विमान दुर्घटना हुने भएको छ । अपरान्ह ४ः३० देखि ५ बजे भित्रमा दुर्घटना हुने उक्त विमानको विमानस्थलमा तैनाथ सुरक्षाकर्मी र उपलब्ध सुरक्षा उपकरणको माध्यमले नियन्त्रण र उद्दार गरिने छ । दुर्घटनामा घाइते यात्रुको उद्दार गरी तत्कालै हेलिकप्टरमार्फत ग्राण्डी अस्पताल पुर्याइने छ ।

यो शुक्रबार बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिने कृतिम हवाई सुरक्षा अभ्यास हो । त्यसका लागि विमानस्थल नजिक बाँसको विमान बनाइएको छ । त्यसमा बिमान दुर्घटना र त्यसपछि हुने उद्धारको अभ्यास गरिने छ । अभ्यासका क्रममा विमानस्थलले यस पटक जहाज दुर्घटनाका एक घाइते यात्रुलाई हेलिकप्टरमार्फत ग्रान्डी अस्पतालसम्म पुर्याइने योजना बनाइएको छ ।

हवाई सुरक्षा अभ्यासका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रबार आधा घन्टा बन्द हुनेछ । विमानस्थलले हवाई संयन्त्रलाई चुस्तदुरुस्त बनाउन आपत्कालीन योजना र यन्त्र उपकरणबारे विमानस्थलमा पूर्वअभ्यास गर्ने भएकाले अन्तर्राष्ट्रिय विमानस्थल अपराह्न ४ः३० देखि ५ः०० बजेसम्म आधा घन्टा बन्द हुनेछ । सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रियका सबै उडान अवतरण ठप्प हुने जनाइएको छ ।

हवाई दुर्घटनाबारे आपत्कालीन योजना र यन्त्र उपकरणबारे सम्बन्धित निकायलाई अभिमुखीकरण गराउन पूर्वाभ्यास गर्न लागिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्यनन संस्था (आइकाओ)को नियमानुसार अन्तर्राष्ट्रिय मान्यताप्राप्त विमानस्थलले प्रत्येक दुई वर्षमा ‘फुल स्केल इमर्जेन्सी एक्सरसाइज’ गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो ।

फरक फरक ठाउँमा यस्तो अभ्यास गरिँदै आएको र अघिल्लो पटक विसं २०७१ मा भक्तपुरको साँघा केन्द्रमा गरिएको विमानस्थलले जनाएको छ । विमानस्थलले शुक्रबारको तयारीका लागि आज अपराह्न १५ मिनेट पूूर्वाभ्यास गरेको थियो । विमानस्थलभित्र कार्यरत नेपाली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ‘क्विक रेस्पन्स एन्ड फायर फाइटिङ सर्भिस’ र ‘मेडिकल टिम’ को समन्वयमा सो अभ्यास गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement