मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौँ: मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । सेयरधनीले आज कार्यालय समयसम्म हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

मिर्मिरेले असार ५ देखि १ः०.५ अनुपातमा (एक कित्ता सेयर बराबर ०.५ कित्ता ) १०० रुपैयाँ अंकित मूल्यको १ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जेठ १६ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटल लिमिटेड कमलादी काठमाडौं, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक बनेपा, भरतपुर शाखा चितवन, फेनहरा शाखा नवलपरासी, हेटौडा शाखा मकवानपुर, चरिकोट शाखा दोलखा, पशुपति डाँडा शाखा धादिङ र कालिकास्थान शाखा रसुवाबाट हकप्रद सेयरमा आवेदन दिन सकिनेछ ।

त्यसैगरी, प्रभु बैंक लिमिटेडका शाखा कार्यालयहरु रंगेली रोड विराटनगर, आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, गोदावरी रोड धनगढी र सुर्खेत रोड नेपालगन्ज शाखाबाट पनि आवेदन फारम भर्न र बुझाउन सकिनेछ । मिर्मिरेको यो हकप्रदमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।

Advertisement

Advertisement