धरहराको निर्माण तीन वर्षभित्र सक्ने गरी सम्झौता

Advertisement

काठमाडौँ: २०७२ सालको भूकम्पले पूर्णरुपमा भत्किएको धरहरा पुनर्निर्माणका लागि धरहराको प्राचिन संस्कृति झल्किने गरी मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सोमबार बसेको सरोकारवाला निकायसहितको बैठकमा प्राधिकरण, नेपाल टेलिकम, पुरातत्व विभाग र मेरो धरहरा म बनाउँछु अभियानको संयुक्त पहलमा धरहरा पुनर्निर्माण अवको तीन वर्ष भित्रमा निर्माण गरिसक्ने गरी सहमति भएको हो ।

बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्द पोखरेलले मुलुककै पहिचानसंग गाँसिएको धरहराको निर्वाण अबको तीन वर्ष भित्र सक्नु पर्ने बताए ।

करिब ८ अर्ब रुपियाँ लागत लाग्ने अनुमान गरिएको धरहरा निर्माणको लागि अहिलेसम्म मेरो धरहरा म बनाउछु अभियानअन्तर्गत करिब ९ करोड रुपियाँ जम्मा भएको पनि पोखरेलले जानकारी दिए ।

बैठकमा नेपाल टेलिकम, पुरातत्व विभाग, पर्यटन मन्त्रालय र महानरपालिकाका प्रतिनिधि सहभागी थिए । यसको निर्माणको जिम्मा भने नेपाल टेलिकमले लिइसकेको छ ।

धरहरा कसले निर्माण गर्ने भन्ने बारे विभिन्न निकायबीचको खिचातानीका कारण धरहरा पुनर्निर्माणमा ठोस प्रगति हुन सकेको छैन तर हिजोको बैठकबाट भने यसको निर्माणको काम अब तिब्र गतिमा हुने बताइएको छ ।

प्राधिकरणको यसबारेको अर्को बैठक आगामी आइतबार डाकिएको छ ।

Advertisement

Advertisement