लुम्बिनी इन्सुरेन्सको शतप्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन

Advertisement

काठमाडौं: लुम्बिनी जनरल इन्सुरेन्सको शतप्रतिशत हकप्रदमा आवेदन दिन बिहीबार अन्तिम दिन रहेको छ।

इन्सुरेन्सले असार ३० गतेदेखि एक कित्ता सेयर बराबर एक कित्ता हकप्रद अर्थात १ः१ अनुपातमा ३९ लाख कित्ता हकप्रद सेयर बिक्री गरिरहेको छ ।

 

लुम्बिनीको हकप्रदमा असार १२ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटलले गरिरहेको छ ।

 

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय डिल्लीबजार काठमाडौं तथा लुम्बिनीको सेयर रजिष्ट्रार एस क्यापिटल लालदरबार काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले सीबीआइएल क्यापिटलमा चेकमात्र लिने र हकप्रद सेयर हक हस्तान्तरण गरी लिएका सेयरधनीको आवेदन एस क्यापिटलबाट मात्र लिने व्यवस्था गरेको छ ।

 

यसैगरी, सिटिजन्स बैंकको उपत्यका भित्रका ठिमी, कुपन्डोल, ग्वार्को, बौद्ध र कलंकी शाखा तथा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, धरान, वीरगंज, नारायणगढ,जनकपुर, बुटवल, पोखरा, नेपालगंज, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन पाइनेछ ।

 

यस इन्सुरेन्सको हाल चुक्ता पुँजी ३९ करोड रुपियाँ छ । शतप्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ७८ करोड रुपियाँ पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement