सुनको मूल्य तोलामा ३ सयले घट्यो

Advertisement

काठमाडौँ: स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपियाँले घटेको छ । बुधबार तोलामा २ सय रुपियाँले महंगिएको सुनको भाउ आज भने ३ सय रुपियाँ सस्तो भई प्रतितोला ५७ हजार २ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार ५ दिनसम्म उकालो लागेको सुनको भाउ आज भने केही घटेको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले बताए। यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपियाँले घटेर ७ सय ८५ रुपियाँमा कारोवार भएको उनले बताए ।

Advertisement

Advertisement