मेगा बैंकको हकप्रद सेयर बितरण सुरु, बैंकका शाखाहरु र नविल इन्भेष्टमेन्टमा आवेदन दिन सकिने

Advertisement

काठमाडौंः मेगा बैंकले शेयरधनीका लागि हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले मंगलबारबाट ६५ प्रतिशत हकप्रद शेयर जारी गरेको हो । प्रतिशेयर एक सय रुपियाँका दरले दुई अर्ब ९७ करोड ८५ लाख तीन हजार ४६३ रुपियाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३३ कित्ता शेयर निष्काशन गरिएको हो ।

आउँदो असोज ३० गतेसम्म आफूलाई पायक पर्ने मेगा बैंकका शाखा र नविल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडको नक्सालस्थित कार्यालयमा शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । मेगा बैंकको गत साधारणसभाले बोनस शेयरका लागि लाग्ने करसमेत गरी १३ दशमलव ९५ प्रतिशत लाभांश बितरण भइसकेको छ ।

हकप्रद शेयर र गएको आर्थिक वर्षसम्मको मुनाफाबाट वितरणयोग्य रकमसमेत गरी मेगा बैंकको चुक्ता पुँजी आठ अर्ब रुपियाँभन्दा बढी पुग्ने छ । बैंकले टुरिजम डेभलपमेन्ट बैंकलाई पनि मर्जको तयारी गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement