नेप्सेको महाप्रबन्धकको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस

Advertisement

काठमाडौँ: नेपाल स्टक एक्सचेन्जको महाप्रबन्धकका लागि अन्तिम तीन जना छनोट भएका छन् । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन विभागले महाप्रबन्धकका लागि ३ जनाको नाम बुधबार मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

सिफारिस हुनेमा ज्योति विकास बैंकका डेपुटी सिइओ मनोज ज्ञवाली, नेपाल इन्स्योरेन्सका पूर्वमहाप्रबन्ध चन्द्रसिंह साउद र प्राध्यापक प्रमोदराज शर्मा रहेका छन् ।

उक्त पदका लागि १३ जनाको उम्मेदवारी परेकोमा यसअघि ५ जनालाई छनौट गरेको थियो । छनोटमा परेका ५ जनामध्ये ३ जनाको नाम मन्त्रिपरिषदमा पठाइएको हो । अन्तिम पाँच जनामा परेका नेप्सेका पूर्वमहाप्रबन्धक सीताराम थपलिया र नेप्सेकै कर्मचारी प्रवीण पन्दुकको नाम अन्तिम तीनमा पर्न सकेन ।

सिफारिस भएका तीन मध्ये एकलाई सरकारले चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गर्नेछ। करिब अढाइ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली छ ।

Advertisement

Advertisement

Advertisement