विश्वकप फुटबल-२०१८ खेल्ने सबै राष्ट्रहरुको टुंगो

Advertisement

एजेन्सीः विश्वकपमा छनोट हुने अन्तिम टोलीको टुंगो लागेसँगै आगामी बर्ष रुसमा हुने २०१८ विश्व कपमा सहभागी हुने सबै ३२ टोलीको नाम पक्का भएको छ । प्ले अफबाट न्युजिल्याण्डलाई समग्रमा २–० ले पराजित गर्दै हराउँदै पेरुले रुसमा हुने विश्वकप फुटबलका लागि छनोट पक्का गरेपछि सबैटोलीको टुंगो लागेको हो ।

विश्वकपमा छनोट हुन सफल ३२ राष्ट्रहरू

रुस, ब्राजिल, जर्मनी, अर्जेन्टिना, बेल्जियम, इङल्याण्ड, फ्रान्स, स्पेन, पोर्चुगल, कोलम्बिया र उरुग्वे, क्रोएसिया, डेनमार्क, आइसल्याण्ड, पोल्याण्ड, रसिया, सर्बिया, स्विडेन र स्विट्जरल्याण्ड, अष्ट्रेलिया, इरान, जापान, दक्षिण कोरिया र साउदी अरेबिया, इजिप्ट, मोरक्को , नाईजेरिया, सेनेगल, ट्युनिसिया, कोष्टारिका, मेक्सिको, पेरु र पानामा रहेका छन् ।

विश्व कप छनोटमा असफल राष्ट्रहरु

इटाली, नेदरल्याण्ड, चिली, अमेरीका, चाइना जस्ता देश रहेका छन् ।

Advertisement

Advertisement

Advertisement