ज्योति विकासको नयाँ शाखा नेपालटारमा

Advertisement

काठमाडौं: काठमाडौंको तारकेश्वर स्थित नेपालटारमा ज्योति विकास बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । देशभर आफ्नो सेवा विस्तार गर्ने उदेश्यले बैंकले सोमबारबाट उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

उक्त शाखा कार्यालयको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका हुन् । तारकेश्वर नगरपालिकाभित्र पहिलो बैंकको रुपमा ज्योति विकासको उक्त शाखा परेको छ ।

कार्यक्रममा तारकेश्वर नगरपालिका ११ नं. वडाका वडाअध्यक्ष बृन्दा बुढाथोकी लगायत वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गत सातमात्रै बैंकले मकवानपुरको ग्रामिणभेग बागमती गाउँपालिकाको फापरबारी, हेटौंडा बजार, र महोत्तरीको रामगोपालपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको थियो ।

२०६५ साल श्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा सञ्चालनमा आएको यस बैंकको ४६ वटा शाखा कार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्नुका साथै स्थानीय स्तरमा कृषि उत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

Advertisement

Advertisement

Advertisement