नेपाल वायुसेवा निगमले मंसिर १३ गतेबाट मेघौलीको नियमित उडान सुरु गर्ने

Advertisement

काठमाडौंः नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा मंसिर १३ गतेबाट नियमित सेवा प्रारम्भ गर्ने भएको छ । मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ ।

करिव ४० मिनेटको उडानपछि विमान मेघौली पुग्नेछ । हाललाई मेघौलीका लागि एकतर्फी भाडा तीन हजार १६५ निर्धारण गरिएको छ ।

यसैगरी, ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले मंसिर १३ गतेदेखि आफ्नो नियमित सेवा पुनः प्रारम्भ गर्ने भएको छ । सुकेटारका लागि हप्ताको एकदिन बुधबार बिहान ७ बजे काठमाडौबाट उडान गरिनेछ । सुकेटारका लागि एकतर्फी भाडा पाँच हजार ४०५ निर्धारण गरिएको छ ।

Advertisement

Advertisement