आरएसडिसीको १३ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

Advertisement

काठमाडौं: आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेले चौथो साधारण सभाद्वारा १३ प्रतिशत वोनस सेयर र ७ लाख ८६ हजार ८ सय ४२ कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको मङ्सिर ८ गते बुटवलमा सम्पन्न भएको साधारण सभाले वोनस सेयर बाँडफाँट पछि हुने चुक्तापूँजीको आधारमा ५ बराबर ३ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निणर्य पारित गरेको हो ।

कम्पनीको मङ्सिर ७ गते बसेको बैठकले स्वतन्त्र सञ्चालकमा किरण बिष्टलाई समेत मनोनित गरेको छ ।

Advertisement

Advertisement

Advertisement