‘यमाहा सिभिल मल दशैं तिहार महोत्सव’को विजेताहरु घोषणा

Advertisement

काठमाडौंः सिभिल मलले यही गएको दशैं र तिहारको अवसरमा सञ्चालन गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘यमाहा सिभिल मल दशैं तिहार महोत्सव’ सम्पन्न भएको छ ।

गत भदौ २४ देखि कार्तिक १८ सम्म सञ्चालित कार्यक्रम अन्तर्गत एक हजार वा सोभन्दा बढी रकम बराबरको सामान खरीद गर्ने ग्राहकमध्येबाट तीन जनाले यामाहाको उत्पादनहरु प्राप्त गरेका छन् ।

विजेताहरुमा बुटवलका विजय राणाले यामहा एफजेड२५, बालाजुका असिम कोइरालाले यामहा फ्यासिनो र गोंगबुका शक्ति थापाले यामहा र्याज प्राप्त गरेको सिभिल मलले जनाएको छ । गोलाप्रथाबाट चयन गरिएका अन्य विजेताहरुले एलजीको स्मार्ट टिभी, आस्रीको हिराको हार, मोबाइल फोनहरु, आइरन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, वाशिङ मेशिन, रेफ्रिजरेटर, एलजीको एलसीडी टिभी प्राप्त गरे ।

कार्यक्रम अवधिभर ३५ हजार कुपन वितरण गरिएको जनाइएको छ । सिभिलम मल विगत सात वर्षदेखि सञ्चालनमा छ ।

Advertisement

Advertisement

Advertisement