स्वावलम्बनले २० प्रतिशत बोनस सेयर र ११.५७ प्रतिशत नगल लाभांश दिने

Advertisement

काठमाडौंः स्वावलम्बन लघुवित्त विकास बैंकको १६ औं वार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर ११.५७ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले गएको आर्थिक वर्षमा २६ करोड ४१ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको कार्तिकसम्म ५४ जिल्लाका १२३ शाखा उपशाखा तथा नौ इलाका कार्यालयबाट दुई लाख १८ हजार महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको स्वाबलम्बनले आफ्नो लगानी आठ अर्ब २५ करोड पुगेको जनाएको छ ।

बैंकको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा चार अर्ब ७० करोड रुपियाँ रहेको छ । राष्ट्रियस्तरको लघुवित्त विकास बैंकका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको यस बैंकको चुक्ता पुँजी ५० करोड ३१ लाख रहेको छ ।

Advertisement

Advertisement

Advertisement