राष्ट्र बैंकले आज १५ अर्बको रिपो जारी गर्दै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले शुक्रबार १५ अर्बको रिपो जारी गर्दैछ । बैंकले १४ दिन अवधिको उक्त रिपो पुस ७ सम्ममा परिपक्क हुनेछ ।

५ प्रतिशत ब्याजदर तोकिएको यस रिपोका लागि फरक ब्याजदर तोक्न पाइने व्याबस्था छैन । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर लागू गरेर दुई साता अवधिको रिपो उपकरणमा ५ प्रतिशत ब्याजदर निर्धारण गरिसकेको छ भने २ साता अवधिको निक्षेप संकलनका लागि ३ प्रतिशत ब्याजदर तोकिएको छ ।

बैंकिङ प्रणालीमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले रिपो उपकरण मार्फत बजारमा पैसा पठाउन थालेको हो । नेपाल राष्ट्र बैंकले बजारमा पैसा बढी भएपछि निक्षेप संकलन मार्फत तरलता खिच्छ भने बजारमा पैसा अभाव हुन थालेपछि रिपो उपकरण मार्फत तरलता प्रवाह गर्ने गरेको छ ।

Advertisement

Advertisement

Advertisement