वामगठवन्धनले बहुमत ल्याउने सुनिश्चित हुँदा सेयर बजार झन घट्यो

Advertisement

काठमाडौंः राजनीतिकरुपमा बहुमतको स्थिर सरकार बन्ने संभावना बढ्दासमेत सेयर बजारमा गिरावट आएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मतगणनामा वामपन्थी दलहरुको एक भएर बहुमतको सरकार बनाउने अवस्थामा समेत आइतबार सेयर बजार परिसुचक नेप्से छ अंकभन्दा बढिले घटेको छ ।

आजको कारोबारमा सेयर किन्नेभन्दा बेच्चेहरु बढि देखिएका थिए । जसका कारण ८४ करोड ७० लाख रुपियाँको सेयर किनबेच भएको छ । धेरैले कम्युनिष्ट सरकार बनेपछि बजार अर्थतन्त्र कुन ढंगको हुने हो ? भन्ने चिन्ताले सेयर बेच्नतर्फ लागेको देखिएको छ भने कतिपय भने स्थिर सरकार बनेपछि बजार सुधार आउने आशामा छन् ।

आजको कारोबारमा उत्पादनमूलक र अन्यबाहेक सबै समूह ओरालो लाग्यो । सबैभन्दा बढि वित्त र लघुवित्त समूहका कम्पनीहरुले घाटा सहेका छन् । यी दूई समूहको गिरावट एक प्रतिशतभन्दा बढि छ भने बाँकीको एक प्रतिशतभन्दा कम छ । आज स्टाण्र्डर्ड चाटर्ड बैंकको सेयर झण्डै २७ करोडले खरिद बिक्री भएको छ ।

Advertisement

Advertisement