सेयर बजारमा केही सुधार, नेप्से १० अंकले उक्लियो

Advertisement

काठमाडौंः बिगत तीन दिनदेखि लगातार घटेको सेयर बजार बुधबार भने केही सुधार आएको छ । आज सेयर बजार परिसुचक नेप्से १० दशमलव ५३ अंकले बढेको छ । तर, कारोबार भने मंगलबारभन्दा घटेको छ ।

मंगलबार ६६ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएकोमा आज घटेर ४५ करोडमा सीमित भएको छ । सबै समूहमा सुधार आउँदा नेप्से दोहोरो अंकले बढेको हो । सबैभन्दा बढि होटल, व्यापार, उत्पालदनमूलक र अन्य समूलक समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले उक्लिएको छ भने बाँकी एक प्रतिशतभन्दा कमले बढेका छन् ।

अघिल्ला दिनहरुमा बजार लगातार घट्दा निर्वाचन परिणामको प्रभावको रुपमा हेरिएको थियो । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वामगठवन्धनले भारी मतले बिजय हासिल गरेपछि उनीहरुले बनाउन लिने आर्थिक नीतिप्रति लगानीकर्ता ढुक्क हुन नसकेको रुपमा विश्लेषण भएको थियो ।

आज सबैभन्दा बढि कारोबार गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । उसको झण्डै साढे पाँच करोड रुपियाँको कारोबार छ । नाफा कमाउनेमा सबैभन्दा अगाडि कुवेर मर्चेन्ट फाइनान्सका लगानीकर्ता छन् भने घाटा खानेमा प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ता छन् ।

Advertisement

Advertisement

Advertisement