पुरुषमा पनि स्तन क्यान्सर बढ्दो !

Advertisement

काठमाडौँ: स्तनवरिपरिका छाला कडा हुँदै गएका थिए । स्तनमा स-साना फोकाहरु पनि उठे । तर उनले वास्ता गरेनन् । फोकाहरु गाँठामा परिणत भए । गाँठाहरुमा घाउ बनेर रगतै बग्न थाल्दसम्म घरमा कसैलाई भनेनन् । यो काठमाडौँका ६३ वर्षीय एक पुरुषको समस्या हो । "अशह्य पीडा हुन्थ्यो तर लाजले कसैलाई भन्न आँट नै आएन,' उनले भने ।

स्तनबाट बगेको रगत धेरै दिनसम्म गन्जीमा देखिन थालेपछि छोराले उनलाई त्रिवि अस्पताल पुर्याए । जाँच गर्दा उनको स्तन क्यान्सर तेश्रो चरण पुगिसकेको रिपोर्ट आयो । फैलिएको क्यान्सरले स्तन पूरै खाइसकेको शल्यक्रियापश्चात तिघ्राको मासु काटेर स्तनभित्रको करंग छोप्नुपरेको उनले सुनाए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
६० देखि ७० वर्षका पुरुषहरु स्तन क्यान्सरको जोखिम समुहमा पर्ने अमेरिकी क्यान्सर सोसाइटीको सन् २००० को प्रतिवेदनमा उल्लेख छ ।

स्तन क्यान्सरका कूल विरामी मध्ये एक प्रतिशत पुरुष हुने गरेको बिश्व स्वास्थ्य संगठनको तत्थ्याङ्कमा छ ।

Advertisement

Advertisement

Advertisement