एनसेल मेला २०७४ सम्पन्न, आजको जावलाखेलको मेलाका झलकहरु यस्ता छन्

Advertisement

काठमाडौंः निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल प्रालिले आयोजना गरेको एनसेल मेला २०७४ शनिवार जाउलाखेलमा आयोजनासँगै सम्पन्न भएको छ । सन् २०१८ को एनसेल मेला यसअघि पोखरा र विराटनगरमा आयोजनासँगै आज जावलाखेलमा आयोजना गरी सम्पन्न गरिएको हो ।

ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्न भन्दै भन्दै एनसेलले मेला आयोजना गरेको हो ।

तीनै शहरहरुमा हजारौको संख्यामा दर्शक तथा आगन्तुकहरुले सहभागिता जनाई गीत(संगीत, फोरजी थिममा आधारित गेमहरुलगायतका क्रियाकलापहरुबाट मनोरञ्जन लिएको भन्दै कम्पनीले मेलामा आगन्तुकहरुको मनोरञ्जनका लागि प्रख्यात कलाकार तथा सांगीतिक समुहहरुको प्रस्तुति, फोरजी थिममा आधारित विभिन्न गेम, किड्स जोन, जादु र फुड स्टलहरुलगायतका रोचक क्रियाकलापहरु समावेश गरिएको जानकारी दिएको छ ।

मेलाको मुख्य आकर्षण कन्सर्ट रहेको थियो । मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), अनि सांगीतिक समुहहरुमा कबवेभ र द एज ब्याण्डले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागिताले मेलामा आकर्षण थपिएको एनसेलले जनाएको छ ।

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखी विभिन्न कार्यक्रमहरु समावेश गरिएको थियो । बालबालिकाले ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरको मजा लिएका थिए । स(साना बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा जुनियर सिङ्गिङ्ग आइडल प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

मेलामा आगन्तुकहरुले फोरजी थिममा आधारित विभिन्न आकर्षण गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रगजम्प र कार रेस खेलेर मनोरञ्जन लिएका थिए । त्यसैगरी फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहेका थिए । आगन्तुकहरुले विभिन्न गेम स्टलहरुमा पुरस्कारहरु पनि जित्न सफल भएको एनसेलले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement