२८औं राष्ट्रिय च्याम्पियनसिप फुटबल आजदेखि

Advertisement

तुलसीपुर, दाङः अठ्ठाइसौं राष्ट्रिय च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि तुलसीपुरको अरनिको मैदान र घोराहीको भरतपुर खेल मैदानमा हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा यही माघ ६ गतेसम्म हुने प्रतियोगिताको अरनिको मैदानमा उद्घाटन गरिने फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठले बताए । प्रतियोगिताको उद्घाटनअघि तुलसीपुरमा प्रभातफेरी र उद्घाटन अपराह्नमा हुनेछ ।

प्रतियोगिताको पहिलो खेल सशस्त्र प्रहरीको विभागीय टोली एपिएफ र मध्यपश्चिम विकास क्षेत्र तथा दोस्रो मध्यमाञ्चल क्षेत्रीय टोली र सुदुरपश्चिमाञ्चल क्षेत्रीय टोलीबीच हुनेछ । प्रतियोगिताको अन्तिम खेल माघ ६ गते घोराहीमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement