मिर्चैयाको बजेट ४३ करोडभन्दा बढी

Advertisement

लहानः सिरहाको मिर्चैया नगरपालिकाको पहिलो नगरसभामा आव २०७४/०७५ का लागि ४३ करोड रुपियाँभन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले चालू आव ०७४/०७५ का लागि ४३ करोड ३२ लाख ९१ हजार १३३ रुपियाँको बजेट विहिबार प्रस्तुत गरेका हुन् ।

नगरप्रमुख यादवका अनुसार आन्तरिक आयतर्फ एक करोेड ५० लाख ९३ हजार १३३ रुपियाँ, राजश्व बाँडफाँड (रजिष्टे«शनतर्फ) ५० लाख रुपियाँ, संघीय संरचना पूँजगत विकास कार्यक्रमतर्फ ४८ लाख रुपियाँ, वित्तीय समीकरणतर्फ २५ करोड दुई लाख २३ हजार रुपियाँ, सशर्त पूँजीगततर्फ सात करोड दुई लाख १५ हजार रुपियाँ, सामाजिक सुरक्षातर्फ सात करोड ४४ लाख तीन हजार रुपियाँ, सडक बोर्डतर्फ ३५ लाख रुपियाँ, एलजिसिडिपीतर्फ १५ लाख ५७ हजार रुपियाँ गरी ४३ कारेड ३२ लाख ९१ हजार १३३ रुपियाँ अनुमान गरिएको छ ।

यस्तै, व्ययतर्फ सात करोड १४ लाख दुई हजार ५०० रुपियाँ, पूँजीगत खर्चमध्ये वित्तीय समीकरणतर्फ २१ करोड २४ लाख ७० हजार ६३३ रुपियाँ, सशर्त पूँजीगततर्फ सात करोड दुई लाख १५ हजार रुपियाँ, सामाजिक सुरक्षा चालूतर्फ सात करोड ४४ लाख तीन हजार रुपियाँ, संघीय संरचना पूँजीगत विकासतर्फ ४८ लाख
रुपियाँ अनुमानित व्यय प्रस्ताव गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।

जनताको हित र कल्याणको पक्षमा सदुपयोग गर्नुका साथै पाँच वर्षको अवधिलाई फलदायी र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ बजेट, नीति तथा कार्यक्रम तयार गरिएको नगरप्रमुख यादवको भनाइ छ ।

हिजोदेखि शुरु भएको नगरसभाको एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री मातृका यादवले उद्घाटन गरेका थिए ।

Advertisement

Advertisement

Advertisement