भ्याटले खायो सेयर बजार, कारोबार बढ्नै सकेन, नेप्से फेरि ओर्लियो

Advertisement

काठमाडौंः पछिल्लो समयमा केही स्थिर बनेको सेयर बजारमा सेयर किनबेचको स्थिति निकै निराशाजनक देखिएको छ । सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुने हल्लाले बजार प्रभावित भएको जानकारहरुको विश्लेषण रहेको छ ।

सेयर कारोबार आज सोमबार हिजोभन्दा दुई करोडले घटेर २८ करोडमा सीमित भएको छ भने सेयर बजार परिसुचक नेप्से तीन दशमलव ७२ अंकले झरेर एक हजार ४०२ अंक कायम भएको छ । हिजो बाणिज्य बैंकहरुको कारोबारमा केही सुधार देखिए पनि आज त्यो सुधार कायम रहन सकेन । यद्यपि व्यापार समूहका कम्पनीहरुको राम्रो कारोबार हुँदा नेप्से दोहोरो अंकले गिरावट हुनबाट रोकिएको छ । व्यापार समूहको उपसुचक तीन प्रतिशतभन्दा बढिले उक्लिएको छ ।

वित्तीय बजारमा अझै पनि तरलता संकट कायम रहेकाले त्यसको प्रभावसमेत बजारमा परेको छ भने सबैभन्दा ठूलो त्रास र चिन्ता लगानीकर्तामा भ्याटको रहेको देखिएको छ । अर्कोतर्फ स्थायी सरकार गठन नहुँदा बजारमा खेल्ने र फाइदा लिने समूहले समेत बजार प्रभावित गरेको कतिपय विश्लेषकहरुको भनाई छ ।

Advertisement

Advertisement

Advertisement