नविलमा सोझै सिइओ नियुक्ती असफलपछि अनिल शाहले रोजे छड्के बाटो, डेपुटी सिइओमा नियुक्त

Advertisement

काठमाडौंः नविलदेखि मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भइसकेका अनिल शाह नबिल बैंकमा डेपुटी सिइओ नियुक्त भएका छन् । विहीबार बसेको बैंक सञ्चालक समितिले उनलाई स्थायी दरबन्दीको सेवा सुविधा पाउनेगरी उनलाई डेपुटी सीईओ नियुक्त गरेको हो ।

यसअघि गत पुस १३ गते नविल बैंकले शाहलाई सिइओ नियुक्तसँगै नेपाल राष्ट्र बैंकले छ महिनाको कुलिङ पिरियड लागू गरेपछि उनको नियुक्ति बदर गर्न बैंक बाध्य भएको थियो ।

उनलाई सोझै नियुक्त गर्न नमिलेपछि बैंकले स्थायी दरबन्दीमा नियुक्त गरेको हो भने उनी पनि डेपुटी सिइओ हुन तयार भएका हुन । राष्ट्र बैंकको नयाँ परिपत्रअनुसार एउटा बैंकको सिइओ छोडेपछि अर्कोमा नियुक्त हुन छ महिना कुनुपर्ने हुन्छ । डेपुटी सिइओबाट अब उनलाई सिइओमा नियुक्त गर्न बाधा पर्ने छैन ।

Advertisement

Advertisement

Advertisement