काठमाण्डौंः नेपालकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी आईएमई डिजिटल सोलुसनको आईएमई पेले बी टु बी सेवा सुरु गरेको छ । आईएमई पेले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाई आईएमई पेका टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागि बी टु बी सेवालाई सेवा सञ्चालन गरेको हो ।
सुरु गरिएको सेवाबाट ग्राहकहरुले रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी समेत गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथा रिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध भएको जनाइएको छ ।
आईएमई पेका टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इन र क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पेको टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्ने बताइएको छ ।
जी टु पी, पी टु जी र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीण र सेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमई पे सक्षम भएको जनाइएको छ ।
कम्पनीको देशभरि १३ हजार ५०० भन्दा बढी टच पोइन्ट सहितको मजबुत सञ्जाल रहेको छ र त्यसमा सात हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरू रहेका छन् ।