हंशराज हुलासचन्द एण्ड कम्पनीको नयाँ शोरुम कैलालीमा

Advertisement

कैलालीः हंशराज हुलासचन्द एण्ड कम्पनीले कैलालीको लम्कीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले पूर्ण सुविधा सहितको नयाँ शोरुम ‘गंगा आटोमोबाइल्स्’ नामको शोरुम सञ्चालनमा ल्याएको हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने कम्पनीले जनाएको छ । हंशराज हुलासचन्द एण्ड कम्पनीका जेनेरल म्यानेजर योगेन गुरुङले लम्कीमा नयाँ शोरुम संचालन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै ग्राहकहरुको बढ्दो मागका कारण कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित भएको बताए ।

उनले देशभर रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । नयाँ शोरुम सञ्चालनमा आएसँगै ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Advertisement

Advertisement

Advertisement