सेयर बजार बर्षकै न्यून विन्दुमा, लगानीकर्ताको आशा निराशातर्फ

Advertisement

काठमाडौंः सेयर बजारमा गिरावट मंगलबार पनि जारी रह्यो । सेयर बजार परिसुचक नेप्से आज १५ अंकले घटेर एक हजार २५५ दशमलव ४७ कायम हुँदै बर्षको न्यून विन्दुमा पुगेको छ ।

सेयर किनबेच सोमबारभन्दा आज केही सुधार भए पनि नेप्से दोहोरो अंकले घट्दा सर्वसाधारण लगानीकर्ता निराश बन्दै गएका छन् । सेयर बजारमा लगातार गिरावट हुँदा पनि नियमक निकायहरु भने मौन नै छन् । सेयर बढ्दा हतार हतार वक्तव्य जारी गर्ने नियामक निकायहरु आर्थिक विकासको परिसुचकको रुपमा चिनिने सेयर बजारमा आएको शिथिलताप्रति मुकदर्शक बनेका छन् ।

आजको कारोबारमा केही दिनदेखि भारी गिरावट हुँदै आएको होटल समूहमा केही सुधार देखिए पनि बाँकी समूहमा भने गिरावट कायमै छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक १५२ दशमलव १८ अंकले, उत्पादन समूहको ४३ दशमलव ५७ अंकले घटेका छन् ।

वाणिज्य बैंकको परिसूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि दुई दशमलव ७९ अंकले गिरावट आउँदै २६७ दशमलव ८९ अंक कायम भएको छ ।

Advertisement

Advertisement

Advertisement