देव: विकास बैंकले ६५ लाखबढी कित्ताको हकप्रद शेयर जारी गर्ने

Advertisement

काठमाडौँ: देव: विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६५ लाख ३३ हजार एक सय आठ दसमलव ५९ कित्ता बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ ।

बैंकले प्रतिशेयर मूल्य सय रुपियाँ अंकितमा ६५ करोड ३३ लाख १० हजार ८५८ रुपियाँबराबरको हकप्रद शेयर जारी गर्ने निर्णय लिएको हो । बैंकले हाल कायम चुक्ता पुंजी एक अर्व ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपियाँमा १०: ४ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो ।

बैंकले विहिबार जारी गरेको एक बिज्ञप्तीमा जनाए अनुसार हकप्रद शेयर चैत्र २६ गतेबटा खुल्ला भई २०७५, बैशाख ३० गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ ।

यसको विक्री प्रवन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हकप्रद शेयरका लागि फागुन १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । यस बैंकको शेयरधनि दर्ता किताव भने फागुन १५ गते नै बन्द भइसकेको छ ।

हकप्रद शेयर जारी भएपछी बैंकको चुक्ता पुंजी दुई अर्व २८ करोड ६५ लाख ८८ हजार रुपियाँ पुग्नेछ ।
बैंकले चालु आव पुस मसान्तसम्ममा बैंकले २२ करोड १० लाख ७९ हजार रुपियाँ खुद नाफा कमाएको छ।
७३/७४ मा ४४ करोड ६५ लाख ४४ हजार रुपियाँ खुद मुनाफा कमाएको थियो ।

बैंकको प्रति शेयर आम्दानी १९ दशमलव ६९ रुपियाँ रहेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रिय स्तरका विकास बैंकले पुर्याउनु पर्ने पाँच अर्वको चुक्ता पुंजी पुर्याउन सो हकप्रदको सहयोग लिएको हो ।

हकप्रद आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल तथा पोखराको चिप्लेढुंगाबाट दिन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement