अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउन कस्सिएका धुर्मुसलाई पहेनडोलको जग्गा मन पर्यो

Advertisement

भक्तपुरः चाँगुनारायण नगरपालिका–४ स्थित पहेनडोलमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढाएको छ । मैदान निर्माणका लागि प्राविधिक टोलीले जग्गाको अवलोकन गर्यो ।

पहेनडोलको १२४ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जग्गामा रंगशाला बनाउन खोजिएको हो । धुर्मुस–सुन्तली फाउण्डेशनको संयोजनमा निर्माण गर्न लागिएको क्रिकेट मैदानका लागि आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा निरीक्षण गरिएको हो ।

क्रिकेट मैदानका लागि आवश्यक जग्गा निरीक्षण पश्चात धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ले नेपालको पहिचानको रूपमा स्थापित हुँदै गएको क्रिकेटको गरिमा, गौरव र संरचनालाई विकास एवं विस्तार गर्न मैदान निर्माण गर्न लागेको बताए ।

उनले सरकार र जनताकै पहलमा मैदान निर्माण सम्पन्न हुने जानकारी दिए । चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले मैदान निर्माणको प्रारम्भिक चरणको कार्य नगरपालिकाले गर्ने बताए ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट मैदान अहिलेको आवश्यकता भएको बताउँदै खेलाडी उत्पादनमा यसले ठूलै टेवा पुर्याउने बताए ।

Advertisement

Advertisement