सिजीको नयाँ वर्षका लागि आकर्षक ‘सिजी नगदमा गद्गद्’ योजना

Advertisement

काठमाडौंः चौधरी समूहको लोकप्रिय इलेक्ट्रोनिक ब्राण्ड सिजीले नयाँ बर्ष २०७५ का लागि आकर्षक योजना ‘सिजी नगदमा गद्गद्’ ल्याएको छ ।

सिजीले नयाँ बर्षको सुरुवातसँगै आफ्ना ग्राहकहरुमा फेरि विभिन्न सामानहरुको खरिदमा आकर्षक अफर ल्याएको भन्दै सिजीले यो योजनामा सिजीका सामानहरु खरिद गरेबापत आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने छ ।

योजनाअनुरुप अब सिजीका ४९ इन्चदेखि माथि साइजका टिभीहरुमा सिजी कै आकर्षक २.१ मोडलको स्पिकर प्राप्त गर्न सकिने छ भने सो भन्दा तल साइजका टिभीहरुमा (२० इन्चदेखि ४३ इन्चसम्म) २० प्रतिशत नगद छुट पाउन सकिने छ ।

त्यसैगरी, डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सकिने छ । एसिमा निःशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजी कै टिसर्ट, माइक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजीको इन्डक्सन र टपलोडिङ वासिङ मेसिनमा सिजीको आइरन प्राप्त गर्न सकिने छ । यो योजना चैत १८ गतेदेखि मुलुकभर सीमित अवधिका लागि लागू गरिएको उक्त ब्राण्डले जनाएको छ ।

Advertisement

Advertisement