ओलीको उपस्थितिमा रारामा कर्णालीको मन्त्रिपरिषद बैठक

Advertisement

राराः प्रधानमन्त्री केपी ओलीसमेत उपस्थित भएर कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक रारा तालको किनारमा बसेको छ । बैठकले सडक र पर्यटन विकासलाई पहिलो प्राथमिकतामा राख्नेलगायतका निर्णयहरु गरेको छ।

शुक्रबार साँझ पौने छ बजेबाट रारा तालको किनारमा बसेको प्रदेशस्तरीय मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशका सबै जिल्लामा पर्यटकीय स्थलको पहिचान गर्ने, प्रचार–प्रसार गर्ने, प्रदेशको गुरुयोजना निर्माण गर्ने र कर्णालीको समृद्धिको ढोका खोल्ने गरी आवश्यक पहल गर्न केन्द्र सरकारलाई जानकारी गराउने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले नाग्मदेखि रारासम्मको सडक कालोपत्रे गर्ने, हिल्सा, सुर्खेतदेखि कोहलपुरसम्मको सडकलाई दुर्त मार्गको रुपमा विकास गर्न केन्द्र सरकारलाई अनुरोध गर्ने, गमगढी नाक्चे लाग्ना सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समेटेर निर्माण कार्यलाई अगाडि बढाउने गरी आवश्यक सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ।

ओलीले कर्णाली प्रदेश सरकारले रारामा पुगेर गरेका निर्णय उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् । कर्णाली प्रदेश सरकारले गरेका निर्णयको प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री ओलीलाई जानकारी गराई सकेपछि प्रधानमन्त्री ओलीले प्रदेश सरकारले राम्रा निर्णय गरेको प्रतिक्रिया दिएका हुन् ।

Advertisement

Advertisement

Advertisement