एनआइसी एसिया बनेपामा शाखारहित बैंकिङ सेवा

Advertisement

काठमाडौंः एनआइसी एसिया बैंकले बनेपाको महेन्द्रज्योति देउरालीमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरण गर्ने क्रममा बनेपामा शाखारहित बैंकिङ सेवा सुरु गरेको बताएको छ ।

एनआइसी एसियाको यो पाचौं शाखारहित बैंकिङ सेवा हो । मंगलबार आयोजित कार्यक्रममा बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादेले यसको उदघाटन गरे । शाखारहित बैंकिङ सेवा सञ्चालनको लागि बैंकले प्रतिनिधिको रुपमा सन्तकुमार तामाङलाई नियुक्त गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्छन । यस सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीय बासिन्दालाई लामो दुरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य हुनुका साथै मानिसहरुमा बचत गर्ने बानीको विकाससमेत गर्दछ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होमको महशुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा

Advertisement

Advertisement

Advertisement