आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच नगदरहित सेवा सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटलबीच नगदरहित सेवा प्रदान गर्नेसम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमा लेखको सीमासम्म नेपाल मेडिसिटी हस्पिटलबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ । हस्ताक्षर कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपाल मेडिसिटी हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सीमासम्म नगदरहित आथित्यता सुविधा प्रदान गरेकामा धन्यवाद दिए ।

मेडिसिटी हस्पिटलले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाइजेशस सेवा लिन उत्प्रेरित गर्नेछ ।

अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त हुने भन्दै श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायतसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको बताए ।

Advertisement

Advertisement