सिन्डिकेट अन्त्य हुनेः गृहमन्त्री

Advertisement

बुटवलः गृहमन्त्री रामबहादुर थापाले यातायात व्यवसायीको एकाधिकार समाप्त पारेरै छाड्ने बताएका छन् ।

प्रदेश नं ५ प्रदेशस्तरीय सुरक्षा योजना बनाउन रुपन्देही आएका मन्त्री थापाले प्रेस क्लब रुपन्देहीले आज भैरहवा विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लागुऔषध कारोवार र घरेलु हिंसाविरुद्ध सरकारले चाँडै ठोस कदम चाल्ने बताए ।

देशमा शान्तिसुरक्षा र अपराध नियन्त्रयण गर्न सरकार सातै प्रदेशमा प्रदेशस्तरीय कार्ययोजना बनाएर अघि बढ्न थालेको उल्लेख गर्दै गृहमन्त्री थापाले मुलुक संघीयतामा गइसकेकाले सुरक्षा निकायमा देखिएको अन्योल चाँडै अन्त्य हुने जिकिर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement