राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९ प्रतिशतले वृद्धि भएर तीन अर्ब आठ करोड पुग्यो

Advertisement

काठमाडौंः राष्ट्रिय वाणिज्य वाणिज्य बैंकले चालु आर्थिक तेस्रो त्रैमाससम्ममा खुद मुनाफा तीन अर्ब आठ करोड ५० लाख रुपियाँ कमाएको छ । गत वर्षको तुलनामा ४८ दशमलव ६७ प्रतिशतले वृद्धि
भएको हो । सो बैंकले अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब सात करोड ४९ लाख रुपियाँ कमाएको थियो ।

बैंकले निक्षेपमा १३ दशमलव ३३ प्रतिशतले वृद्धि गरी एक खर्ब ५३ अर्ब २२ करोड ३९ लाख रुपियाँ संकलन गरेको छ भने कर्जामा एक खर्व १२ अर्ब ८० करोड ७९ लाख रुपियाँ लगानी गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा शुन्य दशमलव दुई प्रतिशतले बढेर दुर्ई दशमलव ९० प्रतिशत रहेको छ । त्यस्तै, बैकको पूँजीकोषमा शुन्य दशमलव ८७ प्रतिशतले वृद्धि भएर १२ दशमलव ३४ प्रतिशत रहेको छ ।

Advertisement

Advertisement

Advertisement