खिलानाथ दाहालको प्रतिक्रिया– अन्नपूर्ण होटलमा नयाँ क्यासिनो खोल्दा एक पैसा पनि खाएको छैन

Advertisement

काठमाडौंः नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले अन्नपूर्ण होटलको क्यासिनो अन्नका कर्मचारीहरु बहाल रहँदा रहँदै अर्को क्यासिनो खोल्न अनुमति दिने क्रममा आफूले तत्कालिन पर्यटनमन्त्री जितेन्द्र देवसँग मिलेर पैसा नखाएको जिकिर गरेका छन् ।

क्यासिनो अन्नका मजदुरहरुले दाहालले आर्थिक प्रलोभनमा आफूहरुलाई धोका दिएर अन्नपूर्ण होटलका सञ्चालकबाट मोटो रकम लिएको भन्दै उनीविरुद्ध विरोधमा उत्रिएको समाचार कर्पोरेट नेपालमा छापिएपछि दाहालले त्यस्तो जिकिर गरेका हुन ।

अध्यक्ष दाहालले भने– मैले त्यो जितेन्द्र देवभन्ने मान्छेलाई चिनेको पनि छैन । भेटेको पनि छैन । तपाईंले एक पटक मलाई नसोधी एकपक्षीय ढंगले समाचार लेख्नुभयो । उनले क्यासिनो अन्नका मजदुरहरुकै हितका लागि आफूले काम गर्दै आएको दावी गर्दै मुद्दा हाल्ने कुरामा पनि आफूले नै सहयोग गरेको बताए ।

ट्रेड युनियन काँग्रेसको महाधिवेशन नजिकिएको बेला आफूविरुद्ध सुनियोतिज ढंगले प्रचार गर्ने काम भएको भन्दै दाहालले आफ्नो बचाउ गर्ने प्रयास गरे । क्यासिनो अन्नाका ९२२ मजदुरले तत्कालिन पर्यटनमन्त्री देव र खिला दाहालले होटल अन्नपूर्णकी सञ्चालक सिर्जना राणाबाट मोटो रकम लिएर नयाँ क्यासिनोलाई अनुमति दिने र बहालमै रहेका क्यासिनो अन्नाका मजदुरहरुको बिचल्ली बनाउने काम गरेको भन्दै संघर्ष गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement