देवः विकास बैंकको नयाँ शाखा वुटवलमा, यस आवमा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुर पनि थपिने

Advertisement

काठमाडौंः देवः विकास बैंकले वुटवल उपमहानगरपालिकाको अमरपथमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त उपहानगरपालिका मेयर शिवराज सुवेदी र बैंक सञ्चालक समितिका अध्यक्ष प्राडा सुवर्णलाल बज्राचार्यले बिहीबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

कार्यक्रममा सञ्चालक विजयराज शर्मा भुसालले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ सेवा प्रदान गर्नुका साथै प्रदेश नं. ५ का ग्रामीण तथा पहाडी क्षेत्रमा विस्तार गरिने शाखाहरुलाई समन्वय तथा त्यस क्षेत्रका ग्राहकहरुलाई सहजता लागि वुटवल शाखाबाट बैकिङ सेवा प्रदान गरेको जानकारी दिए ।

साथै, उनले निक्षेपकर्ता, स्थानीय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास दिलाए ।

वुटवल उपमहानगरपालिकाका मेयर सिुवेदीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधिबाट नगर लगायत यस क्षेत्रका ग्रामीण भेगमा समेत रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने र उद्यमशीलताको विकासका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा उपमहानगरपालिकासँग सहकार्य गर्न अनुरोध गरे ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्राचार्यले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका स्थानीय उत्पादकत्व तथा आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने बताए ।

विसं २०७४ चैत्र मसान्तसम्म १३ अर्ब ९५ करोड रुपियँ निक्षेप संकलन र १२ अर्ब ६२ करोड रुपियाँ कर्जा प्रवाह गरी २० करोड २४ लाख रुपियाँ खुद मुनाफा कमाउन सफल भएको देवः विकास बैंकले नयाँ शाखा विस्तारबाट थप स्रोत परिचालनमा सहयोग पुग्ने तथा बैंकको वित्तीय परिसूचकहरुमा सकारात्मक प्रभाव पर्ने विश्वास लिएको छ ।

बैंकले यसबै आर्थिक बर्षमा वीरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु सञ्चालनमा ल्याउने पनि बताएको छ ।

Advertisement

Advertisement

Advertisement