रैराङ हाइड्रोपावरको आठ लाख ४० हजार कित्ता आइपीओ बिक्री खुला

Advertisement

काठमाडौंः रैराङ हाइड्रोपावर डेभलपमेन्टको साधारण सेयर (आइपीओ) आज (सोमवार)देखि बिक्री खुला भएको छ । नेपाल धितोपत्र बोर्डले लामो समयपछि आइपीओ निष्काशनको अनुमति दिएपछि जलविद्यत कम्पनीले सोमबारदेखि बिक्री खुला गरेको हो ।

हाइड्रोपावरले आठ करोड ४० लाख रुपियाँ बराबरको आठ लाख ४० हजार कत्तिा सेयर निष्काशन गर्न लागेको बताएको छ । आइपीओ निष्काशनको जिम्मा कम्पनीले एनआईबीएल एस क्यापिटल रहेको छ । आइपीओ निष्काशन बन्द जेठ ३ गतेदेखि २९ गतेसम्ममा हुन सक्ने एस क्यापिटलले जनाएको छ ।

आइपीओको लागि आवेदकले ५० कित्तादेखि चार हजार २०० कित्ता खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा ३३ हजार छ सय कित्ता कर्मचारीलाई र ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ ।

हाइड्रोपावरको आइपीओका लागि एनआईबीएल एस क्यापिटलको लाजिम्पाट कार्यलय, रैराङको केन्द्रिय कार्यलय थापाथलीबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । साथै, आस्वा प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले धादिङको रैराङ खोलामा पाँच सय किलोवाटको रैराङ साना जलविद्युत आयोजना गरिरहेको छ । साथै, कम्पनीले करिब १० मेगावाट क्षमताको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत एक अर्ब ६० करोड रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement