सुर्खेतबाट सिमकोट उडेको मकालु एयरलाइन्सको जहाज सम्पर्कविहीन

Advertisement

काठमाडौंः सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोटका लागि उडेको मकालु एयरलाइन्सको जहाज बुधबार बिहान सम्पर्कविहीन भएको छ । ९ एन एजेयु कल साइन भएको जहाज सम्पर्कविहीन भएको हो ।

बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको जहाज उडेको २ घण्टासम्म पनि सम्पर्कमा आउन सेकेको छैन । बिहान ६ः ५५ मा सिमकोटमा अवतरण गर्नुपर्नेमा अहिलेसम्म सम्पर्कमा नआएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अहिले हराइरहेको जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर संभावित स्थानतर्फ पठाइएको छ।

Advertisement

Advertisement

Advertisement