सुनको मूल्य तीन सय रुपियाँले वृद्धि

Advertisement

काठमाडौंः आइतबार सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले वृद्धि भएको छ । आज छापावाला सुन तोला ५८ हजार ७०० रुपियाँका दरले कारोबार भइरहेको छ । अघिल्लो दिन ५८ हजार ४०० रुपियाँले कारोबार भएको थियो ।

तेजावी सुन भने प्रतितोला ५८ हजार ४०० रुपियाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य तोलामा सामान्य वृद्धि भएको छ । आज चाँदी प्रतितोला ७७० रुपियाँले कारोबार भइरहेको छ । अघिल्लो दिन ७६५ रपियाँमा कायम थियो ।

Advertisement

Advertisement

Advertisement