पर्यटन बोर्डका सिइओ जोशी पाटाको गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्ष निर्वाचित

Advertisement

काठमाडौंः नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को गभर्मेन्ट डेस्टिनेसक कमिटीको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।

दक्षिण कोरियाको वाङहोङ प्रान्तमा आइतबार सम्पन्न पाटाको वार्षिक साधारणसभाबाट उनी अध्ययक्ष बनेको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । नेपाल पाटाको सदस्य करीब पाँच दशकको इतिहासमा उक्त कमिटीको अध्यय हुने जोशी पहिलो नेपाली बनेका छन् ।

दुई वर्षअघि बोर्डको कार्यकारी प्रमुखकारुपमा नियुक्त भएसँगै भूकम्प र आपूर्तिको असहजताले शिथिल र मर्माहत बनाएको पर्यटनलाई पुनरुत्थान गर्ने र परिणाममुखी नेतृत्वको भूमिका प्रयास भइरहेका बेला जोशी नेतृत्वमा आएका थिए ।

विभिन्न ६५ भन्दा बढी मुलुकका सदस्य रहेको र निजी तथा सरकारी क्षेत्रको समन्वय र सम्पर्क हुने उत्कृष्ट मञ्चकारुपमा स्थापित पाटा विश्वव्यापीरुपमा प्रतिष्ठत संस्था हो । विश्व पर्यटन मानचित्रमा एसिया प्यासिफिक क्षेत्रले संसारकै ध्यान आकृष्ट गरिरहेका बेला महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेका बोर्डका कार्यकारी प्रमुख जोशीको नियुक्तिबाट नेपालको छवि झनै उचो भएको र यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पाटाको वार्षिक साधारण सभा यही २०१८ मे १७ देखि २० सम्म दक्षिण कोरियाको वाङहोङ प्रान्तमा सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement