एकैपटक इन्भेष्टमेन्टको संस्थापक सेयर २२ करोड २४ लाख रुपियाँभन्दा बढिको किनबेच

Advertisement

काठमाडौंः मंगलबार सेयर बजार परिसुचक नेप्सेमा सामान्य गिरावट भए पनि किनबेच भने उत्साहजनक नै रुह्यो । नेप्से आज चार अंकले घट्यो भने सेयर किनबेच बढेर ५३ करोड रुपियाँभन्दा बढि भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर एकैपटक २२ करोड २४ लाख रुपियाँको किनबेच हुँदा कारोबार ह्वात्तै बढेको हो । त्यसपछि धेरै कारोबार गर्ने स्वरोजगार लघुवित्तको दुई करोड ५४ लाख रुपियाँको मात्रै सेयर किनबेच भएको छ ।

पछिल्लो समयमा सेयर बजार केही स्थिर हुँदै गिरावट भइरहेको छ । सेयर बजारमा नयाँ प्रविधि भित्राउनेदेखि मुलुकको समग्र अर्थतन्त्रमा सकारात्मक लक्षणहरु देखिँदासमेत सेयर बजारमा सुधार आउन सकेको छैन ।

समूहगत कारोबारतर्फ होटल, उत्पादनमूलक र लघुवित्तबाहेक सबै समूहमा सामान्य गिरावट छ ।

Advertisement

Advertisement

Advertisement