मोदीको भ्रमणपछि मुक्तिनाथमा पर्यटक बढे

Advertisement

मुस्ताङः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले मुक्तिनाथमा पयएटकको संख्यामा वद्धि भएको छ । नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई प्रबद्धर्न गर्नलाई वैशाख २८ गते नेपाल भ्रमणमा आएका थिए ।

मोदी जनकपुरधामदेखि मुस्ताङसम्मको भ्रमण गरेका थिए । मोदीको भ्रमणपछि हाल मुक्तिनाथमा पर्यटकको भिड लागेको छ । धार्मिक तथा पर्यटकीयस्थल मुस्ताङको भ्रमण गर्नेमा अधिकांस भारतीय रहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणपछि मुक्तिनाथमा भारतीय पर्यटकको संख्या वृद्धि भएको जनाइएको छ । उक्त भ्रमणपछि ४८ प्रतिशत पर्यटकको वृद्धि भएको स्थानीय होटल व्यवसायीले बताएका छन् ।

मुक्तिनाथको दर्शनले मनोकांक्षा पुरा हुने जव विश्वास पाइन्छ ।

Advertisement

Advertisement

Advertisement