अलैंची विरुवाको उत्पादन बढेसँगै मुल्य घट्यो

Advertisement

लमजुङः नेपाल अलैंची व्यवसायी महासंघ लमजुङले अलैंचीको विरुवाको मुल्य परिवर्तन गरेको छ । जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन, अलैंची नर्सरी कृषकको संयुक्त बैठकले नयाँ मूल्य निर्धारण गरेको हो ।

पछिल्लो विवरणअनुसार, सबै प्रकारको अलैँचीको प्रतिविरुवा आठ रुपियाँ निर्धारण गरिएको छ । यसअघि सात देखि १० रुपियाँमा कारोबार भएको थियो ।

रामसाई, गोलसाई, डम्वरसाई, साउने, जिर्मले र भरलाङ्गे जातको अलैँची विरुवाको मूल्यमा एकरुपता कायम गरिएको अलैंची व्यवसायी महासंघ लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

पहिलेको गाँजबाट निकालिएको प्रतिविरुवा पाँच रुपियाँ र ३२ महिना पुरा भएको नर्सरीको विरुवाको मूल्य आठ रुपियाँ तोकिएको छ । यसवर्ष अलैंची विरुवा उत्पादन बढेकाले मूल्य घटाइएको महासंघले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement