आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डीबीच नगदरहित कारोबार सम्झौता

Advertisement

काठमाडौंः आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव महाप्रबन्धक पवन थापा र ग्राण्डीका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म ग्राण्डी इन्टरनेश्नल हस्पिटबाट नगदरहित हस्पिटलाइजेसन सेवा प्राप्त हुनेछ ।

ग्राण्डी हस्पिटलले इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सिमासम्म नगदरहित हस्पिटलाइजेशन सुविधा प्रदान गर्नेछ ।

Advertisement

Advertisement

Advertisement