कर विवादले पुँजीबजार अस्तव्यस्त, सरकार अप्ठ्यारोमा, आज पनि कारोबार ठप्प

Advertisement

काठमाडौंः पुँजीगत लाभकर वृद्धिको विषयलाई लिएर सेयर लगानीकर्ताहरुले मंगलबारदेखि सुरु गरेको आन्दोलन बुधबार पनि जारी रहेको छ । आज पनि नेपाल स्टक एक्सचेन्जमा सेयर किनबेच हुन सकेको छैन ।

बजेटमा पुँजीगत लाभकर वृद्धिको निर्णयसँगै आन्तरिक राजश्व कार्यालयले हकप्रद र बोनस सेयरमा अग्रिम कर अशुली गर्ने भन्दै परिपत्र जारी गरेपछि लगानीकर्ता आन्दोलित भएका हुन ।

लगानीकर्ताहरुले संयुक्त संघर्ष समिति नै बनाएर विरोधमा उत्रिएपछि सरकार गम्भीर समस्यामा परेको छ । लगानीकर्ताहरुले राजधानीसहित विराटनगर, बुटबललगायतका स्थानमा सरकारले बढाएको पुँजीगत लाभकरको विरोध गरेका छन् ।

तीन वटा लगानीकर्ता संगठनहरुले समस्या समाधान नभएसम्म आन्दोलनलाई थप सशक्त बढाउने भन्दै नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड घेराउ गर्न नछोडने बताएका छन् ।

सरकारले विवाद समाधानका लागि अध्ययन समिति बनाउने बताए पनि कर बढाउने निर्णय फिर्ता नभएसम्म आन्दोलन फिर्ता नहुने लगानीकर्ताहरुले बताउँदै विवाद समाधान नभएसम्म सेयर कारोबार रोक्न र राफसाफ नगर्न नगराउन आग्रह गर्दै आएका छन् ।

लगानीकर्ताहरुले आफूहरुको आन्दोलन असफल बनाउन समिति गठनको जाफ फाल्ने प्रयास भएको भन्दै यस्ता भ्रममा आफूहरु नपर्ने बताएका छन् ।

कारोबार रोकिनुमा हामी संलग्न छैनौः स्टक ब्रोकर
काठमाडौंः स्टक ब्रोकर एशोसियशनले मंगलबार सेयर कारोबार हुन नसकेकोमा आफूहरुको संलग्नता नरहेको भन्दै बुधबार विज्ञप्ति जारी गरेको छ ।

पुँजीबजारमा पुँजीगत लाभकर बढाउने सरकारको निर्णयसँगै लगानीकर्ताहरु विरोधमा उत्रिएपछि मंगलबार बजारमा कुनै पनि कारोबार हुन नसकेको थिए । एशोसियशनले कारोबार हुन नसकेमा स्टक ब्रोकरहरु पनि संलग्न रहेको भन्ने कुराहरु बाहिर आएपछि त्यो कुरा सत्य नभएको जिकिर गरेको हो ।

एशोसियशनले स्टक ब्राकरहरुको कार्यालय मंगलबार पनि खुल्ला रहेको र आज पनि खुल्ला रहने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement