सेयर किनबेच घटेर २० करोड रुपियाँमा सीमित

Advertisement

काठमाडौंः सेयर बजारमा लगानीकर्ताहरु लगानी गर्न आकर्षित नहुँदा कारोबार अझ खुम्चिदै गएको छ । आज कारोबार घटेर २० करोड ८५ अंकमा सीमित भएको छ भने सेयर बजार परिसुचक आज भने दुई दशमलव ८१ अंकले सुधार भएको छ ।

लगातारजसो घट्दै आएको बजारमा आज सामान्य सुधार देखिएको हो । कारोबार निकै खुम्चिँदा पनि ग्रामीण विकास लघुवित्त संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंकको एक करोड रुपियाँभन्दा बढिको किनबेच भएको छ ।

समूहगत कारोबारतर्फ अन्य समूहबाहेक बाँकी समूह सबैमा नगन्य सुधार आएको छ । बजारमा लाभकरको अन्योलतासँगै माग कम आपूर्ति धेरै र बैंकहरुमा ऋणको ब्याजदरमा अझै वृद्धि हुन थालेपछिको स्थितिले गर्दा कारोबार थप खुम्चिएको हो ।

Advertisement

Advertisement

Advertisement