सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

Advertisement

काठमाडौंः सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सिजी होल्डिङ अन्तर्गतको सिजी मोटोकर्पले बजारमा आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल नेपाली बजारमा ल्याएको छ ।

यस मोडेलको अनावरण सिजी होल्डिङका प्रबन्ध निर्दशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले आइतवार संयुक्तरुपमा गरे ।

नयाँ स्विफ्टमा सिङ्गल एपर्चर फ्रन्ट ग्रील, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियरसहित उत्कृष्ट डिजाइनको साथै एक दशमलव २ लिटर भिभिटि जस्ता प्रविधि रहेको कम्पनीले जनाएको छ ।

यस्तै, उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदलयात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको जनाइएको छ ।

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपातसहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स्सहित बजारमा ल्याइएको हो । यसको मूल्य २८ लाख ९० हजार रुपियाँ रहेको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement