जंगलमा गई लुकेर तास खेल्ने जुवाडेहरुलाई प्रहरीले समात्यो, नगदसहित कारहरुसमेत बरामत

Advertisement

दमकः गाँउ तथा शहर बजारमा आफूलाई असुरक्षित महशुुस गर्न थालेपछि जुवाडेहरु जंगल पस्न थालेका छन् । झापाको शिवसताक्षीस्थित जंगलमा जुवा खेलिरहेका जुवाडेहरु प्रहरीको फन्दामा परेपछि यस्तो तथ्य बाहिर आएको हो । घरमा खेल्दा असुरक्षित हुने डरले जुवा खेल्नै भनेर जंगल छिरेका तीन जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । जुवाको खालवाट एक लाख नौ हजार ९९० रुपियाँ समेत बरामद गरेको छ । त्यस्तै जुवाको खाल नजिकै जुवाडेले पार्किङ्ग गरेका तीन थान कार र पाँच थान मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।

Advertisement

आइतबार साँझ नगरको ११ नम्बर वडा स्थित जंगलमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाले बताएको छ ।
सादा पोसाकमा खटिएको प्रहरीको टोलीले जुवाको खालबाट शिवसताक्षी– ८ का सुमन गुप्ता, कनकाई नगरपालिका–६ का कुलवहादुर दर्नाल र अर्जुनधारा नगरपालिका– ६ का शन्तोष विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय झापाका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
जुवा खेलिरहेको सूचना प्रहरीलाई आएलगत्तै प्रहरीले छापा मारेको थियो । जुवाको खालमा प्रहरी पुग्ने बित्तिकै अन्य जुवाडेहरु भागेका थिए । फरार हुनेमा जिल्लाका प्रतिष्ठित व्यापारी तथा नेताहरु रहे पनि उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पार्किङमा कार भेटिनुले ठुलै ब्यक्ति जुवामा संलग्न भएको आशंका गरिएको छ ।प्रहरीका अनुसार सताक्षीधामको पिकनिक स्पोर्ट पूर्वको सामुदायिक वनभित्रको जंगलमा यसअघि पनि पटक पटक जुवा खेल्ने गरेको प्रहरीलाई सूचना प्राप्त भए पनि जुवाडे पक्राउ गर्न सफल भएको थिएन ।

अन्नपूर्णपोष्ट डटकमबाट ।

Advertisement

Advertisement