मिर्मिरे माईक्रोफाइनान्सले असार अन्तिमसाता हकप्रद सेयर जारी गर्ने

Advertisement

काठमाडौंः मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले चार लाख ५० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यहि असार २७ गतेदेखि २९ गते सम्म हकप्रद सेयरको लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । गत जेठ १७ गते र सो भन्दा अगाडीदेखि कायम रहि आएका सेयरधनीहरुले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हकप्रद सेयरको आवेदन एनआईबिएल एस क्यापिटलको लाजिम्पाट, लगनखेल, लालदरबार, पोखरा, बुटवल, बीरगन्ज र विराटनगर कार्यालय र इन्भेष्टमेन्ट बैंकको कार्यालयहरु विराटनगर, बीरगन्ज, नेपालगन्ज, नारायणगढ र बुटवल तथा धनगढी र सी आस्वा लागू भएका सबै वित्तिय संस्थाबाट आवेदन दिन सकिने छ ।

कम्पनीले प्रति सेयर एक सय रुपियाँ पर्ने गरी हकप्रद निष्काशन गर्न लागेको हो । हाल कम्पनीको सेयरको बजार मूल्य एक हजार छ सय १७ रुपियाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement