सिद्धार्थ इन्स्योरेन्सले ३५ प्रतिशत हकप्रद सेयर बिक्री सुरु

Advertisement

काठमाडौंः सिद्धार्थ इन्योरेन्स कम्पनीको हकप्रद सेयर आइतबारदेखि बिक्री खुला भएको छ । कम्पनीले ३५ प्रतिशत अर्थात् १० बराबर ३ दशमलव ५० को अनुपातमा २२ लाख ४४ हजार नौ सय ७३ दशमलव ५० कित्ता सेयर बिक्री खुला गरेको हो ।

यो सेयरका लागि साउन २० गतेसम्म आवेदन दिन सकिनेछ । वैशाख ३१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद भर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी तथा एनएमबी बैंकका अधिकांश शाखाबाट पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी गुडविल फाइनान्सको हात्तिसार, डिल्लिबजार, इन्द्रचोक र कुमारीपाटी शाखा तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिन्छ ।

सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा कामना सेवा विकास बैंक ज्ञानेश्वरबाट पनि आवेदन दिने व्यवस्था गरिएको छ । हाल ६४ करोड १४ लाख रुपियाँ चुक्तापुँजी रहेको सिदार्थ इन्स्योरेन्सको हकप्रदपछि ८६ करोड ५९ लाख १८ हजार रुपियाँ पुग्ने कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement